scheduleसोमवार आषाढ़ २९ गते, २०७७

सुरक्षित भएर इद मनाउन प्रदेश प्रमुखको अपिल

सुर्खेत, १२ जेठ । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले नोबेल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट सुरक्षित भएर इद मनाउन मुस्लिम समुदायलाई अपिल गरेका  छन् ।

मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व इदउल फित्रको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को सङ्क्रमणबाट सुरक्षित रहन सजग गराए ।

शुभकामना सन्देशमा भनिएको छ, ‘बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त हाम्रो देशमा यस पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व अभिवृद्धि गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा संवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिएको छु ।’ उनले इदले सबैमा भ्रातृत्व, शान्ति र सामाजिक सहिष्णुताका लागि थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय