scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

‘कोरोनाविरुद्धको खोप सबैभन्दा पहिला अमेरिकाले बनाउँँछ’

वासिङ्गटन, १२ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ ब्रायनले कोरोनाको खोप सबैभन्दा पहिले अमेरिकाले बनाउने दावी गरेका छन् ।

उनले भने, ‘हामी थेरापी र भ्याक्सिन बनाउनका लागि अत्यधिक काम गरिरहेका छन् । खोप बनाएपछि यसलाई केवल अमेरिकामा होइन, संसारभरी दिइनेछ ।’

उनले चीनले आफ्नो लागि खोप चोर्न प्रयास गर्ने पनि आरोप लगाए ।

न्यूयोर्कको एक पार्कमा सामाजिक दूरीको नियम पालना गरेर बसिरहेका नागरिकहरु ।

यसैबीच अमेरिकामा कोरोनाबाट अहिलेसम्म ९९ हजार ३०० मानिसको मृत्यू भइसकेको छ । बितेको २४ घण्टामा यहाँ ६३८ मानिसको मृत्यू भएको छ । अहिलेसम्म १६ लाख ८६ हजार ४३६ मानिसमा कोरोना संक्रमण भेटिएको छ । न्यूयोर्कमा मात्र ३ लाख ७२ हजार १९३ संक्रमित भेटिएका छन् ।

अमेरिकाले पछिल्लो १४ दिनमा ब्राजिल गएका नागरिकलाई स्वदेश आउन प्रतिबन्ध लगाएको छ । दक्षिण अमेरिकी देशहरु अहिले कोरोना भाइरसको दोस्रो हटस्पट बनिरहेको छ । ह्वाइट हाउसको तर्फबाट आइतबार जारी विज्ञप्तिमा कोरोना नफैलियोस् भन्ने उद्देश्यले यस्तो कदम उठाइएको स्पष्ट पारिएको छ ।

अमेरिकाले ब्राजिललाई एक हजार भेन्टिलेटर्स सहयोग गर्ने जनाएकव छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय