scheduleमगलवार आषाढ़ २३ गते, २०७७

भारतमा नेपालीको विवरण संकलन गर्दै नेपाली समाज

नयाँ दिल्ली, १२ जेठ । काेभिड-१९ काे संकट व्यवस्थापन सहजीकरणका लागि भारतमा रहेका प्रवासी नेपालीहरूकाे लागि प्रगतिशील नेपाली समाज भारतले व्यक्तिगत विवरण संकलन सुरु गरेको छ ।

कोरोना महामारी र लकडाउनका कारण भारतमा लाखौं नेपालीहरु प्रभावित भएको अनुमान गरिएको छ । उनीहरुको जीवनयापन कष्टकर बन्दै जाँदा पनि सरकारले सचेततापूर्वक उद्धार सुरु गर्न सकेको छैन ।

सीमा क्षेत्रमा हप्तौं/महिनौंसम्म अलपत्र भएर बस्दा पनि कतिपयले अझै घर फर्कन पाएका छैनन् । भारतमा रहेका विभिन्न पेशाकर्मी, विद्यार्थी, व्यवसायी, मजदुरहरूकाे दुःखपीडालाई सामूहिकरूपमा अभिव्यक्त गर्ने र नेपाल सरकारका विभिन्न तहका सरकारसँग सहकार्य गरी याे संकट व्यवस्थापनमा नेपाल सरकारलाई सहयाेग गर्ने उद्देश्यले
यो काम सुरु गरेको प्रगतिशील नेपाली समाज भारतका केबी धामीले जानकारी दिए ।

समाजले अनलाइन फारम भर्ने व्यवस्था गरेकाे छ । याे फारमकाे माध्यमबाट भारतमा रहेका प्रवासी नेपालीहरूकाे एकीकृत तथ्यांक संकलन गरी उनीहरूकाे आवश्यकताअनुसार नेपाल फर्कन, खान बस्न या मेडिकल सहायताकाे लागि सम्बन्धित निकायहरुसँग पहल गरिने उनले जानकारी दिए ।

भारतमा रहेका नेपालीबारे अहिले सरकारसँग पनि यकिन तथ्यांक नहुँदा उद्धार प्रभावित बनेको छ । यो कामले नेपालीबारे यथार्थ जानकारी प्राप्त हुने भएकोले फर्म भरेर सहयोग गर्न सबैसँग समाजले आह्वान गरेको छ ।

फर्म भर्न यहाँ क्लिक गर्नुहोस्-

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय