scheduleसोमवार आषाढ़ २२ गते, २०७७

प्रदेश ५ : थपिए ८ जना संक्रमित, संक्रमितको संख्या २ सय ८८ पुग्यो

बुटवल, १२ जेठ । प्रदेश ५ मा आठजना नयाँ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये बाँकेका ४ जना, कपिलवस्तुका तीनजना र बर्दियाका

एकजना रहेका छन् ।  बांकेको डुडुवा र राप्ती सोनारी गाउँपालिकाका १६ देखि २४ वर्ष उमेरका चारजना पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बर्दियाको बाँसगढी वडा नं ९ का २५ वर्षका पुरुषमा र कपिलवस्तुको शिवराज नगरपालिका (चन्द्रौटा) वडा नंं ४, ५ र ६ का १९ देखि २३ वर्षका तीनजना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

यससंगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २ सय ८८ पुगेको छ । सात प्रदेशमध्ये सबैभन्दा धेरै संक्रमित प्रदेश ५ मै देखिएका छन् । कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै बाँकेमा, त्यसपछि कपिलवस्तुमा र रुपन्देहीमा छ ।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय