scheduleसोमवार आषाढ़ २९ गते, २०७७

५ बजे मन्त्रिपरिषद बैठक सकेर प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने


काठमाडौं, १२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

सोमबार अपरान्ह ५:३० बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार सम्बोधन अगाडि ५ बजे ओलीले मन्त्रिपरिषद बैठक पनि बोलाएका छन् ।

सम्बोधनको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने व्यवस्था मिलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय