scheduleमगलवार आषाढ़ ३० गते, २०७७

थप ६ जनामा कोरोना संक्रमित थपिए, एक मृतक थपिए


काठमाडौं, १२ जेठ । नेपालमा थप ६ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोमबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारीअनुसार थप ६ जनामा कोरोना संक्रमित थपिएका छन् भने एकजना मृतक पनि थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ६८२ पुगेको छ । यीमध्ये ८० महिला र बाँकी ६०२ पुरुष रहेका छन् ।

प्रवक्ता देवकोटाका अनुसार सेती अस्पताल प्रयोगशालामा परीक्षण गर्दा अछाम मेनलेकका ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको हो । त्यस्तै भेरी अस्पतालको प्रयोगशालामा ३ जनामा संक्रमण देखिएको छ । उनीहरु गुलरिया-१० बर्दियाका २२ र २४ पुरुष र गुलरिया-२ का १८ वर्षीया पुरुष रहेका छन् ।

त्यस्तै नारायणी अस्पतालको प्रयोगशालामा २ जनामा संक्रमण भेटिएको छ । यीमध्ये जिराभवानी-४ पर्साकफ कालिकामाईका १८ वर्षीय पुरुष, काठमाडौं घर भई कलैयामा रहेका २८ वर्षीया पुरुष रहेका छन् ।

वीरगञ्ज पर्सामा यसअघि मृत्यू भएका ७० वर्षीया पुरुषमा पनि कोरोना संक्रमित देखिएसँगै मृतकको संख्या चार पुगेको हो । उनी क्षयरोगबाट ग्रसित थिए ।

सोमबार २४ जना संक्रमित बिरामी निको भएर घर फर्किएका छन् । फर्किनेमध्ये ९ जना महिला र १४ जना पुरुष हुनुहुन्छ । डिस्चार्ज हुनेहरु २१ दिनदेखि ९/१० दिनसम्ममा निको भएका छन् ।

नेपालभर २० वटा पिसिआर परीक्षण केन्द्र पुगेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय