scheduleमगलवार आषाढ़ २३ गते, २०७७

४३ जिल्लामा कोरोना संक्रमण, कुन जिल्लामा कति ? (विस्तृत विवरणसहित)

काठमाडौं, १२ जेठ । नेपालका ७७ जिल्लामध्ये कोरोना संक्रमण ४३ जिल्लामा फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सोमबारसम्मा ४३ जिल्लामा कोरोना भाइरस संक्रमित मानिस भेटिएको हो ।

मन्त्रालयका अनुसार सबैभन्दा बढी वागमती प्रदेशमा ११ जिल्लामा संक्रमण फैलिएको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा २ जिल्लामा मात्र संक्रमण फैलिएको छ । संक्रमित संख्याअनुसार सबैभन्दा संक्रमित प्रदेश नं. ५ मा रहेका छन् । त्यहाँ अहिलेसम्म २९२ जना संक्रमित देखिएकोमा ३५ जनाको डिस्चार्ज र २ जनाको मृत्यू भइसकेको छ ।

गण्डकी प्रदेशमा सबैभन्दा कम संक्रमित छन् । त्यहाँ ५ जना संक्रमित भएकोमा २ जना निको भइसकेका छन् ।

जिल्लाअनुसार हेर्दा अहिलेसम्म बाँकेमा सबैभन्दा बढी १४६ जना संक्रमित भएका छन् भने पर्सामा ९५ जना संक्रमित भएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय