scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

१ वर्षको बैठक भत्ता नलिने नारायणकाजी श्रेष्ठको घोषणा

काठमाडौं, १२ जेठ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता एवं राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले १ वर्षको बैठक भत्ता नलिने घोषणा गरेका छन् ।

एक विज्ञप्ती निकालेर उनले राष्ट्रियसभा र समितिको १ वर्षको बैठक भत्ता नलिने घोषणा गरेका हुन् । यस्तै उनले सांसद विकास कोष कम्तिमा आउदो १ वर्षका लागि खारेज गरेर त्यो रकम रोजगारी केन्द्रीत राष्ट्रिय योजनामा लगानी गर्नुपर्ने पनि बताएका छन् ।

समग्र राष्ट्रिय हित र आवश्यकताको कोणबाट सोच्नुपर्ने बेला भएकोले सबैले आफूले सक्ने सहयोग गर्न उनले आग्रह गरेका छन् ।

सार्वजनिक खर्चमा कटौती, मितव्ययीता, चुहावट र भ्रष्टाचार नियन्त्रण, प्राथमिकताको निर्धारण र पुँजीगत खर्च कार्यान्वयन क्षमतामा बृद्धि हुन जरुरी रहेको पनि उनले बताए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय