scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

नारायणी अस्पतालमा उपचाररत ४३ जना काेराेना जितेर घर फर्किए

पर्सा, १२ जेठ । नारायणी अस्पतालको आइसोलेशनमा उपचार गराइ रहेका ४३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।सोमबार साँझ अस्पतालमा उपचार गराइ रहेका थप ४३ जनालाइ डिस्चार्ज गरिएको नारायणी अस्पतालले जनाएको छ ।

उनीहरुको लागतार दोस्रोपटक नेगेटिभ रिपोर्ट आएपछी डिस्चार्ज गरिएको हो । सोमबार साझ निको भएर डिस्चार्ज हुनेमा बिरगंजका दुई जना पत्रकार पनि रहेका छन्।

पर्साको वीरगन्ज महानगरपालिकाका सबैभन्दा धेरै २८ जना घर फर्किएका छन् । यस्तै छिपहरमाइ गाँउपालिकाका ७ जना , धोबीनी गाँउपालिकाका ६ र सर्लाही जिल्ला निवासी एक जना छन्।

सोमबार कोरोना जितेर अस्पतालबाट डिस्चार्ज हुनेमा एक जना भारतीय नागरिक पनि रहेका छन् । यसअघि आइतबार राती १८ जना र शनिबार ९ जना निको भएर डिस्चार्ज भएका थिए।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय