scheduleसोमवार आषाढ़ २९ गते, २०७७

२१ औं शताब्दीको उपलब्धीः यहाँ भेटियो पृथ्वीकै अहिलेसम्मको ठूलो ज्वालामुखी


एजेन्सी, १४ जेठ । समुद्री सतहभन्दा १७० फिटमाथि रहेकको रहेका दुई नाङ्गा पहाडहरु अहिलेसम्म नफुटेको एउटा ठूलो पुहाहानो नामको ज्वालामुखी छ । तर यो ज्वालामुखी बाहिरबाट हेर्दा त्यस्तो देखिन्न जति यो भित्रबाट छ । यो अमेरिकाको उत्तरपश्चिमी राज्य हवाईको एउटा टापू हो ।

हवाई विश्वविद्यालयका वैज्ञानिकहरुले यो ज्वालामुखी बाहिरबाट हेर्दा झुक्याउने किसिमको भएको बताउँछन् ।

अर्थ एण्ड प्लानेटरी साइन्स लेटर जर्नलमा प्रकाशित एउटा नयाँ अध्ययनको अनुसार पुहाहानो विश्वकै सबैभन्दा ठूलो सिल्ड ज्वालामूखी हो । वैज्ञानिकहरुले समुद्री तटको सर्वेक्षण तथा क्वान्टिटेटिभ मोडलिङबाट उक्त ज्वालामुखीको आधार निर्धारण गरेको थियो ।

वैज्ञानिकहरुका अनुसार यो ज्वालामुखीको आकार १७१ माइल लामो र ५६ माइल चौढा छ । जुन मौना लोआभन्दा आकारमा दुई गुणा ठूलो छ । मौना लोआ ती पाँच ज्वालामुखी मध्ये एक हो जुन फुटेर हवाई राज्यको पहाड बनेको थियो ।

उक्त अध्ययनमा भनिएको छ, ‘उक्त पुहाहानो ज्वालामुखी यति ठूलो छ कि यसले पृथ्वीको क्रस्टलाई नै पृथ्वीभित्र धसाईदिनसक्छ ।’ यो ठाउँ होनोलुलुभन्दा हजार किलोमिटर उत्तर पश्चिममा पर्दछ ।

अमेरिकाको एउटा भूगर्विक प्रतिवेदन ह्वेलर मारोले यो ज्वालामुखीलाई पहिलोपटक १८२० मा फेला पारेको थियो । रसियाली जहाजका कर्मचारीहरु पहिलोपटक यहाँ १८२८ मा उत्रिएका थिए ।

यो टापु क्षेत्र विभिन्न प्रजातीका बनस्पति तथा समुद्रिक बनस्पति सकुलेन्ट तथा विभिन्न किसिमका माछा, कोरल तथा किराफट्याङ्ग्राहरुको बसोबास स्थल हो ।

१९७४ मा भएको एउ६ अध्ययनले पुहाहानोलाई हवाई चेनको सबैभन्दा ठूलो ज्वालामुखी मानेको थियो । त्यस बेला सिमित भूभाग र डाटामा मात्र अध्ययन गरिएको थियो । तर पछिल्लो पटक आएर उक्त क्षेत्रको माथि तथा तलको भाग समुद्रको सतह सबैमा अध्ययन सम्पन्न गरेपछि त्यो सबैभन्दा ठूलो ज्वामुखी भएको निष्कर्श निस्किएको हो ।

पुहाहानो विश्वको सबैभन्दा ठूलो मात्र होइन सबैभन्दा तातो ज्वालामुखी पनि हो ।

उक्त क्षेत्रमा पाइएको एउटा नमुना ढुंगाको अध्ययन गर्न त्यस ज्वालामुखी भित्रको म्याग्माको तापमानको अनुमान गरिएको छ । जसले उक्त म्याग्माको तापमान १७ सय डिग्री सेल्सियस हुने बताएको छ ।

२१ औं शताब्दीमा पृथ्वीकै सबैभन्दा ठूलो ज्वालामुखी पत्तो लगाउनु ठूलो उपलब्धी भएको वैज्ञानिकहरुको ठहर छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय