scheduleसोमवार आषाढ़ २९ गते, २०७७

बलियो प्रोसेसरसँग लन्च भयो रियलमी एक्स ५० प्रो प्लेयर


एजेन्सी, १४ जेठ । रियलमीले आफ्नो प्रिमियम स्मार्टफोन एक्स ५० प्रो प्लेयर चीनमा सार्वजनिक गरेको छ । यो स्मार्टफोनमा स्नापड्रागन ८६५ प्रोसेसर, ९० गिगाहर्जको डिस्प्ले र क्यामेरा पाउन सक्छन् । साथै कम्पनीले यसमा उत्कृष्ट साउण्ड क्वालिटीका लागि डल्बी एटमस फिचर पनि प्रदान गरेको छ । तर कम्पनीले यो फोनलाई नेपालमा कहिले सार्वजनिक गर्ने भनेर आधिकारिक मिती निर्धारण गरेको छैन ।

यो फोन तीन भेरियन्टमा उपलब्ध छ । पहिलोमा ६ जिबी रेम, १२८ जिबी स्टोरेज छ । यस्तै दोस्रोमा ८ जिबी रेम र १२८ जिबी स्टोरेज र १२ जिबी रेम र १२८जिबी स्टोरेज रहेको छ ।

यी फोनहरुको मूल्य क्रमशः २,६९९ युआन, २,९९९ युआन र ३,२९९ युआन रहेको छ । यो फोनहरुमा लाइटस्पिड सिल्वर र फेनटम ब्ल्याक रंगका अप्सनहरु रहेका छन् । यो स्मार्टफोनको बिक्री १ जून २०२० देखि सुरु हुनेछ ।

फोनका फिचरहरु
कम्पनीले रियलमीको यो फोनमा ६.४४ इन्चको सपुर एमोलेड फूल एचडी प्लस डिस्प्ले दिएको छ । यस्तै यसमा १०८० गुणा २४०० पिक्सलको रेज्युलेसन रहेको छ । यसमा स्नापड्रागन ८६५ चिपसेट दिइएको छ । यसको ओपरेटिङ सिस्टम एन्ड्रोइड १० मा आधारित छ ।

क्यामेरा
यसमा चार क्यामेरा ब्याक सेटअप रहेको छ । जसमा ४८ मेगापिक्सल्सको सोनी आइएमएक्स५८६ प्राइमेरी सेन्सर, ८ मेगापिक्सल्सको अल्ट्रा वाइड एंगल लेन्स, २ मेगापिक्सल्सको डेप्थ सेन्सर र २ मेगापिक्सल्सको म्याक्रो लेन्स रहेको छ । यसबाहेक यो स्मार्टफोनको फ्रन्टमा १६ मेगापिक्सल्सको साथ २ मेगापिक्सल्सको सेल्फी क्यामेरा पनि रहेको छ ।

फोनको ब्याट्री र कनेक्टिभिटी
कनेक्टिभिटीमा हेर्ने हो भने यो फोनमा फोरजी एलटीई सेवा चल्न सक्छ । यसमा ब्लूटूथ भर्सन ५.१, एनएफसी र यूएसबी टाइप सी पोर्ट जस्ता फिचर दिइएको छ । यसबाहेक यसमा ३० वाटको फास्ट चािर्जङको साथै ४१ सय एमएएचको ब्याट्री दिइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय