scheduleसोमवार आषाढ़ २९ गते, २०७७

वैश्विक तापमानको असरः हरियो हुँदैछन् अन्टारटिका प्रायद्विपको सेताम्मे हिउँ


एजेन्सी, १४ जेठ । मौसम परिवर्तनका कारण तापमानमा वृद्ध हुँदा अन्टारटिका प्रायद्विपको सेताम्मे भूगोल अब हरियो देखिन थालेको छ । ती क्षेत्रमा तापमान बढेसँगै एल्गे अर्थात् लेउ पलाउन थालेको हो । लेउ विस्तारै बढ्दै गएपछि उक्त क्षेत्रमा हरियो हिऊँ देखिन थालेको हो ।

२०१७ देखि २०१९ को बीचमा भू-उपग्रहबाट संकलन गरिएको तथ्यांक र अन्टारटिकाको दुईटा वर्षायामको ग्राउण्ड रिपोर्टलाई राखेर अध्ययन गर्दा वैज्ञानिकहरुले सूक्ष्म लेउले विस्तारै अन्टारटिका प्रायद्विपलाई ढाकिरहेको पाएका थिए ।

अनुसन्धानकर्ताहरुका अनुसार न्यायो हुँदै गईरहेको मौसमले लेउ पलाउन अनुकूल वातावरण प्रदान गरिरहेको छ । लेउ पलाउन चिसो हिउँको आवश्यकता पर्दछ ।
यो लेउलाई ग्रिन स्नो एल्गे भनिन्छ । यो वास्तवमा एउटा आँखाले देख्न नसकिने जीवन हो । यो यसरी नै फैलिए जाँदा यसले सम्पूर्ण प्रायद्वीपको हिउँलाई चकिलो हरियो रंगमा परिवर्तन गर्दछ जुनमाथि अन्तरीक्षबाट पनि देख्न सकिने बुधबार प्रकाशन भएको नेचर कम्युनिकेसन जर्नलमा उल्लेख छ ।

अन्टार्टिकाको तटीय क्षेत्रमा देखिने त्यस्ता हरियो लेउ तुलनात्मकरुपमा अलिक बढी न्यायो क्षेत्रमा पलाएको हो जहाँको तापमान शून्य डिग्री सेल्यिसभन्दा केही माथि छ । यो तापमान दक्षिणी धूव्रमा नोभेम्बरदेखि फेब्रुअरीसम्म रहन्छ ।

अनुसन्धानकर्ताहरुका अनुसार बितेको पछिल्लो शताब्दीदेखि सबैभन्दा तीव्र तापमान वृद्धि अनुभव भएको क्षेत्र नै अन्टारटिका प्रायद्विप हो । वैज्ञानिकहरुले उक्त प्रायद्विपको विभिन्न १, ६७९ स्थानहरुमा त्यस्तो लेउ पलाएको पाएका छन् । त्यसले कुल १.९ वर्गकिलोमिटर क्षेत्र ओगटेको छ ।

वैश्विक तापमान बढ्दै जाँदा यो जीवन पनि बढेर हुर्कदैँ जाने बताएका छन् । यसरी लेउ बढ्दै जाँदा हिउँ पग्लिएर जाने वैज्ञानिकहरुको भनाई छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय