scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

इटालियन लिग सिरी ए जुनबाट सुचारु हुने प्रवल सम्भावना

काठमाडौँ, १३ जेठ । कोरोना भाइरसका कारण मार्च महिनादेखि स्थगित रहेको इटालियन लिग सिरी ए अब जुनबाट सुचारु हुने प्रवल सम्भावना रहेको बताइएको छ ।

इटालीका खेलकुद मन्त्री भिन्सेन्जो स्पाडाफोराका अनुसार मार्चदेखि स्थगित रहेको सिरी ए जुनबाट सुचारु गर्ने सबै प्रक्रिया पुरा गर्न लागिएको छ ।

उनका अनुसार सिरी सुचारु कहिलेदेखि गर्ने यसबारे छलफल जारी रहेको छ ।

उनका अनुसार जुन १३ वा २० बाट सिरी ए सुचारु गर्ने तयारी भइराखेको छ । तर, यसबारे ठोस निर्णय हुन समय लाग्ने उनले बताएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय