scheduleआइतवार आश्विन ११ गते, २०७७

अब हङकङबाट पनि सिटी एक्सप्रेसको सेवा सुरु, पहिलो हप्ता निःशुल्क कारोबार

काठमाडौं, १३ जेठ । हङकङको ख्यातिप्राप्त केएमई रेमिट्यान्स लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको छ । हङकङमा रहेका नेपालीहरुले केएमई रेमिट्यान्सको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत् अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।

यो सेवा सुचारु भएसँगै नेपालमा सिटी एक्सप्रेससँग आबद्ध ७५०० भन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने कम्पनिले जनाएको छ । साथै, नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने छ । उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र केएमई रेमिट्यान्स लिमिटेडको तर्फबाट निर्देशक कविता गुरुङले हस्ताक्षर गरेकी छिन् ।

सोमबार एक औपचारिक समारोहका बीच हङकङबाट नेपाल पठाउने पहिलो बिप्रेषण कारोबार नेपालको लागि हङकङका महाबाणिज्य दूत कमलप्रसाद भट्टराईद्वारा उद्घाटन गरी रेमिटान्स कारोबार सुरु गरिएको कम्पनिले जानकारी दिएको छ । नेपाल बिप्रेषण पठाउँदा एक हप्ताको लागि निःशुल्क पठाउने ब्यवस्था गरिएको र यो ब्यवस्था ३१ मे २०२० सम्म लागू हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय