scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

बार्सिलोना यी खेलाडीहरु बेच्ने तयारीमा

काठमाडौँ, १३ जेठ । बार्सिलोनाले आफ्ना केही स्टार खेलाडीहरु बेच्ने तयारी गरेको बताएका छन् । पछिल्लो समय बार्सिलोनाले अनुबन्ध गरेका केही खेलाडीहरु बार्सिलोनामा फिट नभएको भन्दै उनीहरुलाई बेच्न चाहेको बताइएको छ ।

बार्सिलोनाले फिलिपिन्हो कोटिन्हो, एन्टोनियो ग्रिजम्यान, अउसमाने डेम्बेले, इभान राकिटिक, आर्थर लगायत अन्य खेलाडी बेच्ने तयारी गरेको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार बार्सिलोनाले नयाँ खेलाडीहरु किन्न चाहेको छ । नयाँ खेलाडीहरु किन्नका लागि अर्थ जुटाउन पनि बार्सिलोनाले ती खेलाडीहरु बेच्नै पर्ने दबाब रहेको बताइएको छ ।

पछिल्लो समय बार्सिलोना नेयमार अनुबन्ध गर्न चाहेको छ । त्यस्तै अन्य नयाँ खेलाडीहरु पनि बार्सिलोनाको नजरमा रहेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय