scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

एट्लेटिको मड्रिडका खेलाडी जाओ फेलिक्स घाइते

काठमाडौँ, १३ जेठ । एट्लेटिको मड्रिडका स्टार खेलाडी जाओ फेलिक्स घाइते भएका छन् । फुटबल ट्रेनिंग ग्राउण्डमा अभ्यासका क्रममा उनी घाइते भएका हुन् । उनको घुँडामा चोट लागेको छ । आउने जुन महिनादेखि ला लिगा सुरु हुने तयारीमा रहेको छ ।

ला लिगाका लागि क्लबहरु तयारीमा रहेका छन् ।

च्याम्पियन्स लिगको अन्तिम १६ को खेलमा एट्लेटिकोले लिभरपुललाई पराजित गर्न सफल भएको थियो ।

उक्त खेल जित्न फेलिक्सको विशेष भुमिका रहेको थियो ।

मार्चदेखि स्थगित रहेको ला लिगाको बाँकी सिजन उनले गुमाउने सम्भावना रहेको बताइएको छ । हाल १० जनाभन्दा कम खेलाडीहरु सम्मलित गरेर अभ्यास जारी रहेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय