scheduleमगलवार आषाढ़ २३ गते, २०७७

घरमा काम गर्ने दुईजनामा कोरोना संक्रमण, करण जोहर १४ दिनका लागि आइसोलेशनमा

काठमाडौँ, १३ जेठ । घरमा काम गर्ने दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि बलिउडका चर्चित निर्माता तथा निर्देशक करण जोहर १४ दिनका लागि आइसोलेशनमा बसेको जानकारी गराएका छन् ।

उनले यसको जानकारी ट्वीटरमार्फत दिएका हुन् । घरमा काम गर्ने सहयोगीहरुको रिपोर्ट पोजिटिभ आएपछि उनी लगायत अन्य परिवारका सदस्यहरु आइसोलेशनमा गएका हुन् ।

दुई जना कामदारहरु पनि उनकै घरमा क्वारेन्टाइनमा रहने उनले जानकारी दिएका छन् ।

उनका अनुसार घरमा काम गर्ने दुई जनामा कोरोना देखिएपछि परिवारका अन्य सदस्यहरुको कोरोना परीक्षण भएको थियो जसमा अन्यको रिपोर्ट भने नेगेटिभ आएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय