scheduleआइतवार आश्विन ११ गते, २०७७

विदेशबाट आउनेहरु क्वारेन्टाइनमा बस्नुपर्ने नियम हटाउने तयारीमा स्पेन

काठमाडौँ, १३ जेठ । स्पेनमा सोमबार एकजना पनि कोरोना संक्रमित फेला परेनन् । पछिल्लो रिपोर्ट अनुसार स्पेनमा कोरोना संक्रमितको संख्या २ लाख ८२ हजारभन्दा बढी रहेको छ । हालसम्म १ लाख ९६ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।

हालसम्म स्पेनमा कोरोना कारण २६ हजार ८३७ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै ८५४ जनाको अवस्था भने गम्भीर रहेको छ ।

कोरोना भाइरसमाथि विस्तारै नियन्त्रण गर्न पाउन थालेको स्पेनले अब विदेशबाट आउनेहरु अनिवार्य रुपमा दुई हप्ते क्वारेन्टाइनमा बस्नु नपर्ने नियम बनाउने भएको छ ।

मिडिया रिपोर्टका अनुसार यो नियम आउँदो जुलाई १ देखि लागु हुनेछ ।

विदेशबाट स्पेन जाने जोकोही १४ दिने क्वारेनटाइनमा बस्नु पर्ने नियम रहेको थियो । जुलाई १ देखि भने यो नियम रहने छैन ।

स्पेनको अर्थतन्त्रको प्रमुख स्रोत पर्यटन पनि हो । करिब ८ करोडभन्दा बढी विदेशी पर्यटक वर्षेनी स्पेन घुम्न जान्छन् । स्पेनलाई विस्तारै सामान्य अवस्थामा फर्काउन सरकारले विभिन्न नीति नियम खुकुलो पार्दै आइरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय