scheduleआइतवार आषाढ़ २८ गते, २०७७

भारतमा कोरोना संक्रमित नेपालीको मृत्यु

स्याङ्जा, १३ जेठ । स्याङजाका ५० वर्षीय कोषबहादुर विकको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । उनकाे भारतको मुम्बइमा मृत्यु भएकाे हाे ।

मुम्बइस्थित एक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको मृतकका भाइले बताएका छन् । उनका पत्नी (जेठी) सावित्रा विक पनि अस्पतालमा उपचाररत छन्।

६ दिनअघि मुम्बइस्थित परेलमाको केएम अस्पतालमा उपचारको क्रममा मृत्यु भएका कोषबहादुरको आइतबार अन्तिम संस्कार गरिएको भाइ कुलबहादुर विकले बताए ।

विकलाई २० दिनअघि कोरोना भाइरसे संक्रमण देखिएको थियो । सुरुमा ज्वरो आएपछि औषधि खाँदा पनि निको नभएपछि परीक्षण गर्दा कोरोना संक्रमित पुष्टि भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय