scheduleमगलवार आषाढ़ ३० गते, २०७७

मृत्यूदण्ड हाम्रो विधानमा छैन, आजीवन काराबास हुनसक्छः गृहमन्त्री थापा

काठमाडौं, १३ जेठ । गृहमन्त्री रामबहादुर थापाले रुकुम पश्चिममा भएको घटनामा संलग्‍न दोषीलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् । मंगलबार प्रतिनिभिसभा बैठकमा बोल्दै गृहमन्त्री थापाले दोषीलाई कानुनको कठघरामा ल्याएरै छाड्ने प्रतिवद्धता जनाएका हुन् ।

उनले उक्त घटनामा संलग्न भएको आशंकामा १२ जनालाई नियन्त्रणमा लिइएको र वडाअध्यक्षलाई छाडेको भन्ने जानकारी आफूले नपाएको स्पष्ट पारे । बैठकमा सांसदहरुले वडाअध्यक्षलाई छाडेको भन्दै आपत्ति व्यक्त गरेका थिए । केही प्रतिपक्षी सांसदहरुले चौरजहारी नगरपालिका ८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल जेलबाट छुटेको बताएका थिए । त्यस्तै गृहमन्त्री बादलले समितिले निष्पक्ष छानबिन गर्ने र दुई हप्ताभित्र छानबिन प्रतिवेदन बुझाउन निर्देशन दिएको बताए ।

मन्त्री थापाले बेपत्ता भएकाहरुको खोजी जारी रहेको र त्यसका लागि गोताखोरसमेत खटाइसकेको बताए ।

सामाजिक र जातीय सदभाव कायम गर्न जिल्ला प्रशासन कार्यालय जाजरकोट र रुकुम पश्चिचमबीच समन्वयात्मक रुपमा काम भइरहेको पनि बताए । उनले रायसहितको प्रतिवेदन पेस गर्ने गरी ५ सदस्यीय छानबिन समिति गठन भइसकेको पनि जानकारी दिए ।

संसदमा सत्तापक्ष र प्रतिपक्षी सांसदहरुले संसदीय समिति बनाउन आग्रह गरे पनि उनले यो सरकारको कार्यक्षेत्रमा नपर्ने जानकारी गराए । उनले पश्चिम रूकुमको चौरजहारी नगरपालिका ८ मा भएको घटनाबारे दोषीलाई कडा कारबाही गर्ने बताएका छन् । ‘मृत्यूदण्ड हाम्रो विधानमा छैन, आजीवन काराबासको कुरा सरकारले छानबिनपछि निर्णय गर्छ,’ मन्त्री थापाले भने ।

गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको पनि उनले जानकारी दिए ।

आफ्नी प्रेमिकाको घर गएका जाजरकोटका नवराज विकसहित दुई जनाको शव भेरी नदीमा फेला परेको छ । ३ जना अझै बेपत्ता छन् । त्यस्तै प्रहरीले घटनामा संलग्न १२ जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ । अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय