scheduleसोमवार आषाढ़ २९ गते, २०७७

सरकारको दावीः गरिबी १६.६ प्रतिशतमा झर्‍यो, आर्थिक वृद्धिदर २.३ प्रतिशतमा खुम्चने

काठमाडौं, १३ जेठ । सरकारले चालू आर्थिक वर्षमा नेपालमा गरिबीको रेखामुनि रहेको जनसंख्या १६.६ प्रतिशतमा झरेको दाबी गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संसदसमक्ष पेश गरेको आर्थिक सर्वेक्षणमा यस्तो जिकिर गरिएको छ ।

अर्थमन्त्री डा. खतिवडाले भने, ‘आर्थिक वर्ष २०७४/७५ का अन्त्यसम्म १८.७ प्रतिशतमा रहेको निरपेक्ष गरिबीमुनिको जनसंख्या २०७६/७७ मा करिब १६.६७ प्रतिशत रहने अनुमान छ ।’

आमरुपमा कोरोना महामारीका कारण चालू वर्षमा गरिबीको रेखामुनि रहेका जनसंख्या अझ बढ्ने अनुमान भइरहेको बेला सरकारले त्यसको उल्टो जिकिर गरेको हो ।

उनले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा झर्ने अनुमान सुनाए । यो यसअघि वैशाख १७ मा केन्द्रीय तथ्यांक विभागले यो वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशत हुने अनुमान भन्दा ०.०३ प्रतिशत बढी हो ।

कोरोना महामारी सुरु हुनुभन्दा अघि सामान्य अवस्थामा सरकारले चालु आर्थिक वर्षको बजेटले आर्थिक वृद्धिदर ८.५ प्रतिशतको लक्ष्य राखेको थियो । यसअघि गत आर्थिक वर्ष २०७५/७६ मा नेपालको ६.७५ प्रतिशत आर्थिक वृद्धि भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय