scheduleसोमवार आषाढ़ २९ गते, २०७७

गुल्मीका कोरोना संक्रमित गाउँपालिका अध्यक्ष भन्छन्- ठिक छु, केही दिन क्वारेन्टाइन बस्छु

गुल्मी, १३ जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले आफ्नो स्वास्थ्य ठिक रहेको भन्दै केही दिन क्वारेन्टाइनमा बस्ने जानकारी दिएका छन् । कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

पोखरेलले मंगलबार विज्ञप्ति जारी गर्दै आफूलाई कोरोना संक्रण भएको जानकारी दिँदै भनेका छन्, ‘म गाउँपालिका बाहिर सदरमुकाम तम्घास मात्र गएको छु । यति हुँदाहुँदै मेरो रिपोर्ट पोजेटिभ देखिएकाले धुर्कोट कोरोनाको उच्च जोखिममा रहेको पुष्टि भएको छ ।’

गुल्मीमा सोमबार २ जनामा संक्रमण पुष्टि भएको थियो । अर्का संक्रमित पाञ्चायन माविको क्वारेन्टाइनमा रहेको व्यक्ति हुन् जो केही समयअगाडि भारतबाट नेपाल आएका थिए ।

अहिले गाउँपालिका केन्द्र बर्कोट क्षेत्रदेखि वडानम्बर ४ को भुवानसम्मको क्षेत्रलाई सिल गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय