scheduleमगलवार आषाढ़ ३० गते, २०७७

भारतीय संसदमा नेपालसँग तत्काल वार्ता गर्न आवाज उठ्यो (भिडियोसहित)

काठमाडौं, १३ जेठ । भारतले नेपाली भूभाग अतिक्रमण गरेपछि नेपालले आफ्नो अतिक्रमित भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेको छ । योसँगै दुई देशबीचको सम्बन्धबारे विभिन्न जोड र कोणबाट बहस चलिरहेको छ ।

सीमा समस्या समाधान गर्न तत्काल वार्ता गर्नुपर्ने नेपालको प्रस्तावलाई भारत सरकारले अस्वीकार गर्दै आएको छ । उसले यसको लागि कोरोना महामारी अन्त्य भएपछि भन्दै अनिश्चित समयतिर संकेत गरेको छ ।

यसैबीच भारतको संसदमा पनि नेपालसँग तत्काल वार्ता गर्न चर्को आवाज उठेको छ । भारतीय लोकतान्त्रिक जनता दलका अध्यक्ष शरद यादवले यस्तो आवाज उठाएका हुन् ।

उनले इतिहासदेखिको नेपालसँगको हार्दिकतापूर्ण सम्बन्धलाई सम्झाउँदै तत्काल वार्ताद्वारा समस्याको हल गर्न अनुरोध गरेका छन् । उनले सरकारमा बस्नेहरुलाई नेपालससँग जुनकुनै हिसाबले होस् वार्ता शुरु गरिहाल्न र यथाशीघ्र अहिलेको गतिरोध हटाउन माग गरेका छन् ।

‘अरु देशसँग सम्बन्ध बिग्रनु र नेपालको चित्त दुखाउनुमा ठूलो अन्तर छ,’ संसदको बैठकलाई बोल्न गर्ने क्रममा उनले स्पष्टरुपमा भनेका छन् । उनी पूर्व नागरिक उड्डयन तथा खाद्य मन्त्री पनि हुन् । राज्यसभामा तीन र लोकसभामा सातचोटी निर्वाचित भइसकेका यादव इन्जिनियरिङ्ग पृष्ठभूमिका नेता हुन् ।

हेर्नुहोस् संसदमा उनको सम्बोधन-

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय