scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

क्वारेन्टिनमा मृत्यु भएकी महिलाको शव व्यवस्थापन

झिमरुक, १३ जेठ । क्वारेन्टिनमा मुत्यु भएकी प्युठान, ऐरावती गाउँपालिका –ं६ की २६ वर्षीया महिलाको शव व्यवस्थापन गरिएको छ ।

महिलासँगै बसेका परिवारका पाँच सदस्यको आरडिटी रिपोर्ट नेगेटिभ आएको र मृतकको पिसिआर रिपोर्ट आउन बाँकी रहेका कारण सुरक्षा सतर्कताका साथ परिवारको सहमतिमा शव जङ्गलमा व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।

लामो समयदेखि भारतमा ब्रेन ट्युमरको उपचार गराएकी उनलाई चिकित्सकले निको नहुने बताएपछि स्वदेश फर्किएर यही जेठ ८ गतेदेखि क्वारेन्टिनमा बसेकी थिइन् ।

(रासस)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय