scheduleमगलवार आषाढ़ ३० गते, २०७७

रोजगारी गुमाएका व्यक्तिलाई कृषिमा लगाइनेछः ५ नं. प्रदेश मन्त्री पौडैल

राँझा, १३ जेठ । प्रदेश नं ५ भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले कोरोना महामारीका कारण रोजगारी गुमाएका व्यक्तिलाई कृषि क्षेत्रमा लगाइने बताएकी छिन् । कोरोना सङ्क्रमणको पछिल्लो अवस्था बुझ्न गृहजिल्ला बाँके आएकी मन्त्री पौडेलले रोजगारी गुमाएकाहरुलाई कृषि क्षेत्रमा लाग्न उत्पेरणा दिने कार्यक्रम ल्याइने प्रतिबद्धता जनाइन् ।

जिल्लाको पछिल्लो अवस्था तथा खजुरामा प्रदेश सरकारले सञ्चालन गरेको कोरोना विशेष आइसोलेशन अस्पताल, कोहलपुर ८ पिपरी कृषि विकास बैंकमा राखिएका कोरोना सङ्क्रमितको अवस्थाबारे जानकारी लिँदै उनले सङ्क्रमित क्षेत्रका क्वारेन्टिन र आइसोलेशन केन्द्रको अवस्था सुधार गर्न आग्रह गरिन् ।

‘बाँकेको पछिल्लो अवस्था बुझ्न मुख्यमन्त्रीको आग्रहमा म यहाँ आएकी हुँ, कोरोना प्रभावित नरैनापुरमा स्वास्थ्य सेवा सञ्चालन भएको छ, क्वारेन्टिन र आइसोलेशन केन्द्र व्यवस्थापनमा केही समस्या देखिएका छन्’, मन्त्री पौडेलले भनिन्, ‘यहाँको वास्तविक अवस्था बुझेर आवश्यकतासहितको अवस्था आजै मुख्यमन्त्रीलाई जानकारी गराउनेछु ।’

सोमबार बाँके आइपुगेकी मन्त्री पौडेल दुईदिनको स्थलगत अध्ययनपछि आजै प्रदेश राजधानी बुटवल फर्किएकी छिन् ।

(रासस)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय