scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

सर्वदलीय बैठक सम्पन्न, निशान छापमा नक्सा परिवर्तन यही अधिवेशनमा सक्न अनुरोध

काठमाडौं, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सकिएको छ । मंगलबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा संविधान संशोधनबारे ३ घण्टा लामो छलफल चलेको छ ।

‘बालुवाटारमा जारी सर्वदलीय बैठक करिब ३ घण्टा गहन छलफलसहित समापन भएकाे छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा भन्छन्, ‘देशकाे भाैगाेलिक अखण्डता, सीमा र राष्ट्रियताकाे विषयमा निशर्त राष्ट्रिय सहमति कायम गरेर अघि बढ्न सबै दलहरूसमक्ष प्रधानमन्त्रीज्यूकाे जाेड दिनुभएको छ ।’

उनका अनुसार वार्ता र कूटनीति नै यस समस्याकाे समनधान गर्ने एक मात्र उपाय भएको छलफलको निष्कर्ष रहेको छ । ‘संविधान संशाेधनका अन्य विषयहरूमा छलफल गर्दै जाने र निशान छापमा नक्सा परिवर्तनको विषयमा यसै अधिवेशनमा छिटाे निर्णय गर्नुपर्ने आवश्यकताप्रति प्रधानमन्त्रीकाे विशेष अनुराेध गर्नुभएकाे छ,’ थापाले जानकारी दिए ।

बैठकमा मधेसी दलहरुले लामो समयदेखि उठाउँदै आएको संविधान संशोधनको प्रस्तावलाई पनि यही अधिवेशनमा टुंग्याउन कांग्रेस र जनता समाजवादी पार्टीले माग गरेको थियो । प्रधानमन्त्रीले अन्य विषयमा संविधान संशोधन अहिले गर्न नसकिने अडान लिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय