scheduleमगलवार आषाढ़ २३ गते, २०७७

विजेपी विधायकले किन दिए अनुष्कासँग डिभोर्स लिन विराट कोहलीलाई सल्लाह ?


एजेन्सी, १४ जेठ । आफ्नो वेब सिरिज ‘पाताल लोक’ रिलिज भएसँगै अभिनेत्री अनुष्का शर्मा चर्चामा आइन् । सुरुवातका केही दिनसम्म त अनुष्काले खुब प्रशंसा र माया पाइन् तर बिस्तारै यो सिरिज विवादमा तानियो ।

उक्त वेब सिरिजमा गायिजावादका राज्यसभा सांसद अनिल अग्रवालको तस्विर उनको अनुमति बिना प्रयोग भएको छ । यसैकारण विवाद यतिसम्म गम्भीर हुन पुग्यो भारतीय जनता पार्टीका नेताले समेत विराट कोहलीलाई श्रीमती अनुष्का शर्मासँग सम्बन्धविच्छेद गर्न सुझाव दिएका छन् ।

यो विवाद दिनदिनै गहिरो हुँदै जाँदैछ । सबैभन्दा पहिलो त वेब सिरिजको सामाग्रीमाथि गुनासो गर्दै एक अधिवक्ताले अनुष्का शर्माविरुद्ध लिगल नोटिस जारी गरेका थिए । उक्त लिगल नोटिसमा सिरिजमा जातीवादी टिप्पणीहरु गरिएको आरोप छ ।

त्यसपछि उत्तर प्रदेशका भाजपा विधायक नन्द किशोर गुर्जरले पनि वेब सिरिजकी निर्माता अनुष्का शर्मा विरुद्ध लोनी थानामा उजुरी दर्ता गराएका छन् । जब विधायकलाई कानुनी उजुरीपछि पनि चित्त बुझेन तब उनले विराट कोहलीलाई नै अनुष्कालाई डिभोर्स दिन सुझाव दिए ।

भाजपा विधायक नन्द किशोर गुर्जरले हालै एक च्यानलसँग कुराकानी गर्दै भनेका छन्, ‘विराट कोहली एक देशभक्त नागरिक हुन् । उनले देशका लागि खेलेका छन् । उनले अनुष्कालाई डिभोर्स दिनु पर्छ तुरुन्त । निसन्देशरुपमा उनको यसमा न हुनै भूमिका छ न त उनी यस प्रकारको कुनै मसलामा मिसिन्छन् ।’

विधायक नन्द किशोरले अनुष्काले त्यस्तो सिरिज बनाएर राष्ट्रद्रोहको काम गरेको आरोप लगाएका छन् ।

यो वेब सिरिजलाई अनुष्का शर्माले निर्माण गरेकी हुन् । यो सिरिज हाल अमेजन प्राइममा रिलिज भएको छ ।

 

यो पनि पढ्नुहोस्-

‘पाताल लोक’को उद्देश्य के हो ? कुनै धर्म विशेषलाई बदनाम गर्नु त हैन ?

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय