scheduleसोमवार आषाढ़ २९ गते, २०७७

कोभिड १९ उपचारमा नयाँ सफलताः टी सेलको संख्या बढाएर ठिक पारिनेछ रोग


एजेन्सी, १४ जेठ । कोरोनाबाट ग्रसित गम्भीर बिरामीहरुलाई मेडिकल सहयोग दिन बेलायतका चिकित्सकहरुले एउटा क्लिनिकल ट्रायल सुरु गरेका छन् । कोभिड-१९ बाट संक्रिमत बिमारीहरुमा रोक प्रतिरोधक कोशिका इम्यून सेल वा टी सेलहरुको संख्या कम हुने चिकित्सकहरुले पत्तो लगाएका छन् । शरीरबाट रोगलाई विस्थापन गर्ने क्षमता उक्त टी सेलमा हुन्छ ।

उक्त क्लिनिकल ट्रायलमा कोभिड-१९ का बिमारीहरुलाई इन्टरल्यूकिन सेभेन नामको औषधि दिँदा टी सेलको संख्या बढ्छ वा बढ्दैन भनेर अध्ययन भइरहेको छ । सामान्यतय अन्य बिरामीहरुको शरीरमा टी सेल संख्या बढाउन इन्टरल्यूकिन सेभेनको प्रयोग गर्ने गरिन्थ्यो ।

ट्रायलमा संलग्न चिकित्सकहरुले कोभिड-१९ का ६० बिमारीहरुको रगत नमूना परीक्षण गर्दा त्यसमा टी सेलको संख्यामा एकदमै कम पाएका थिए ।

क्रिक इन्स्टिच्यूटका प्राध्यापक एड्रिययन हेडे भन्छन्, ‘हाम्रो शरीरभित्रको प्रतिरक्षा प्रणाली हाम्रो शरीरभित्रको बिमारीको विरुद्ध लड्छ भन्ने हामी विश्वास गर्छौं । तर कोरोना भाइरसले त्यस्तो प्रतिरक्षा प्रणालीलाई जराबाट नै खतम गरिदिन्छ । कोरोना भाइरसले टी सेललाई पनि नाश गर्ने काम गर्छ । एकजना स्वस्थ बयस्क व्यक्तिको एक माइक्रोलिटर रगतमा सामान्य रुपमा दुई हजारदेखि चार हजारसम्म टी सेलहरु पाइन्छ ।

यसलाई टी लिम्फोसाइट्स पनि भनिन्छ । तर चर कोभिड १९ संक्रमित विमारीहरुको शरीरमा यसको संख्या दुई सयदेखि १२ सयको बीचमा थियो ।’

हौसला बढाउने प्रयास

चिकित्सकहरुका अनुसार यो नयाँ जानकारीपछि अब कोरोनाका बिरामीहरुको रगतमा टी सेलको संख्या बढाउनका लागि विशेष किसिमको परीक्षण बनाउन सकिन्छ जसले समयमा नै कुन बिरामीमा यो रोगले कति गम्भीर स्थितिसम्म संक्रमण गरेको छ भन्ने कुरा थाहा पाउन सजिलो हुनेछ । साथै टी सेलको संख्या बढाउन चिकित्सकहरुसँग औषधि पत्ता लगाउने सम्भावना पनि प्रबल हुनेछ ।

के हो यो क्लिनिकल ट्रायल ?

यो क्लिनिकल ट्रायलमा कम लिम्फोसाइट काउन्टवाला बिरामीहरुलाई उक्त औषधि दिइनेछ जो तीन दिन भन्दा धेरै समयदेखि क्रिटिकल केयरमा बसेका हुनेछन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय