scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

पश्चिमी पहाडी भूभागमा हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौँ, १४ जेठ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पुर्वी भूभाग नजिकै निम्न चापीय प्रणाली रहेको छ । साथै स्थानीय वायुको पनि प्रभाव रहेको छ। देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको देखिएको महाशाखाले जनाएको छ ।

दिउँसोः देशको पूर्वी भूभाग तथा मध्य पहाडी भूभागहरुमा सामान्य बदली र पश्चिमी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पूर्वी भूभाग तथा मध्य पहाडी भूभागका केही स्थानहरुमा साथै पश्चिमी पहाडी भूभागका मध्यान्नपछि थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पूर्वी र मध्य भूभागहरुमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। पूर्वी तथा मध्य भूभागका केही स्थानहरुका साथै पश्चिमी भूभागका एकदुई स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय