scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

भारतमा कोरोना भाइरस, यस्तो छ पछिल्लो रिपोर्ट

काठमाडौँ, १४ जेठ । भारतमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्न थालेसँगै मृतकको संख्या पनि दिनहुँ बढेको छ । कोरोनाका कारण हालसम्म भारतमा ४ हजार ३४४ जनाको मृत्यु भएको छ । मंगलबारमात्रै भारतमा कोरोनाका कारण १७२ जनाभन्दा बढीको मृत्यु भएको छ ।

त्यस्तै सोमबारमात्रै ५ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । कोरोना भाइरसका कारण थप भयावहस्थिति सिर्जना भएको छ ।

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ५० हजार नाघेको छ ।

संक्रमितमध्ये ६४ हजारभन्दा बढी निको भएर घर फर्किका छन् । गम्भीर कति छन् त्यसबारे भने रिपोर्ट दिइएको छैन ।

भारतमा दुई महिना यतादेखि कोरोना भाइरस संक्रमण फैलिने डरले लकडाउन जारी रहेको छ । कोरोना भाइरसको संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा गरेको लकडाउनलाई मे ३१ सम्म जारी रहने घोषणा गरेको छ । कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि लकडाउनको चौथो चरण आगामी मे ३१ सम्म जारी रहने भारत सरकारले जानकारी दिएको हो ।

भारतीय गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकलडाउन थप १४ दिनको लागि बढाउने निर्णय गरेको छ । भारतमा पहिलो चरणको लकडाउन गत २४ मार्चमा लगाइएको थियो । दोस्रो चरण लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । तेस्रो चरणको लकडाउन मे ४ बाट शुरु थियो ।

भारतले सरकारले गत मे ४ देखि लागू हुने गरी मे १७ सम्म थप दुइ साताको गरिएको तेस्रो चरणको लकडाउन समाप्त भएपछि चौथो चरणको लकडाउन शुरु भएको थियो । विगत केही दिनयता भारतभरि नै कोरोना भाइरसको संक्रमित को संख्यामा बृद्धि देखिएपछि चौथो चरणको लकडाउन गर्ने निर्णय गरिएको हो । भारतमा विगत केही दिनयता संक्रमणको बृद्धिदर उच्च देखिएको छ । यद्यपी अघिल्ला चरणका लकडाउनको तुलनामा चौथो चरण हालको लकडाउन केही खुकुलो गरिएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय