scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

बायर्न म्युनिखको कठिन जित

काठमाडौँ, १४ जेठ । गएराति भएको जर्मन बुन्डेसलिगामा लिग लिडर बायर्न म्युनिखले बोरुसिया डर्टमण्डलाई १-० गोलले पराजित गरेको छ । डर्टमण्डको घरेलु मैदानमा भएको खेलमा बायर्नले कठिन जित हात पारेको हो । वायर्नलाई जित दिलाउन जोसुवा किमिचले एकमात्र गोल गरे ।

उनले खेलको ४३ औं मिनेटमा किमिचले गोल गरे । वायर्नसँगको अंकदुरी कम गर्न डोर्टमण्डलाई खेल जित्नै पर्ने दबाब रहेको थियो । यस सिजन उत्कृष्ट खेल खेलेपनि बायर्नविरुद्ध कमजोर देखियो ।

डर्टमण्डले केही उत्कृष्ट गोल गर्ने मौकाहरु समेत गुमाउन पुग्यो ।

बायर्नले डर्टमण्डसँगको अंक दुरी समेत ७ अंकको बनाएको छ ।

लिग लिडर बायर्नले २८ खेलमा ६४ अंक जोडेको छ । दोस्रो स्थानको डोर्टमण्डको ५७ अंक रहेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय