scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

साने बायर्न आउने तयारीमा

काठमाडौँ, १४ जेठ । जर्मन क्लब बायर्न म्युनिखले म्यान्चेस्टर सिटीका स्टार खेलाडी लोरी सानेलाई अनुबन्ध गर्ने भएको छ । उनलाई अनुबन्ध गर्न लगभग सबै प्रक्रिया पुरा भएको समेत बताइएको छ । मिडिया रिपोर्टका अनुसार साने केही महिनादेखि उनी बायर्न जाने खबर बाहिर आइरहेको थियो ।

म्यानचेस्टर सिटीमा प्रशिक्षक पेप ग्वार्डीवालाको पहिलो रोजाईको खेलाडी बन्न असफल भएसँगै उनलाई खेल्ने अवसर कम पाएका थिए ।

प्रशिक्षकसँग सम्बन्ध खासै बलियो नभएपछि उनले क्लब छोड्ने मनस्थिति बनाएका थिए ।

लामो समयदेखि उनी बायर्न आउने चर्चा चलेको थियो । २४ वर्षका साने सन् २०१६ मा साल्केबाट सिटी आएका थिए । सिटीका लागि सानेले ८९ खेलमा २५ गोल गरिसकेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय