scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

क्वारेन्टिनको व्यवस्थापन हेर्न गएका वडाध्यक्षको मृत्यु

कञ्चनपुर, १४ जेठ ।  क्वारेन्टिन व्यवस्थामा जुटेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष ५८ वर्षीय कल्लु रानाको गएराति मृत्यु भएको छ । राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनमा कुर्सीमा बसेर फोन गरिरहेका बेला एक्कासी बेहोस भएका रानाको मृत्यु भएको हो । राना साँझपख घरमा पुगी नुहाइ राना खाना खाएर क्वारेन्टिन पुगेका थिए ।

नयाँ क्वारेन्टिन स्थापना गरिएको थियो नगरप्रमुख कर्णबहादुर हमालले भने, “राति व्यवस्थापनबारे जानकारी लिनका लागि क्वारेन्टिनमा पुगेका उनको मृत्यु भएको छ ।” वडाध्यक्ष रानामा कुनै पनि रोगको लक्षण यसअघि नदेखिएकाले हृदयाघातका कारण उनको मृत्यु भएको हुनसक्ने उनले बताए ।

मृत्यु भएका रानाको शव परीक्षणका लागि राति नै सेती प्रादेशिक अस्पताल धनगढीमा पु¥याइएको छ । अस्पतालमा मृतक रानाको शव परीक्षणपश्चात स्वाबको नमूना सङ्कलन गरी परीक्षण गरिने बताइएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय