scheduleमगलवार आषाढ़ २३ गते, २०७७

‘बिना फ्यान उपाधि जित्नु निकै खल्लो हुनेछ’

काठमाडौँ, १४ जेठ । यस सिजनको प्रिमियर लिग मार्च महिनादेखि स्थगित रहेको छ । जुन महिनादेखि पुनः सुचारु गर्ने तयारीमा विभिन्न निकायहरु लागि परेका छन् । पछिल्लो समय प्रिमियर लिगका खेलाडीहरु तथा पदाधिकारीहरुको कोरोना परीक्षण भइरहेको छ ।

यस सिजनको प्रिमियर लिग दौडमा लिभरपुल शिर्ष स्थानमा रहेको छ । २९ खेलमा ८२ अंक जोडेको लिभरपुलले दुई खेल जितेमा प्रिमियर लिगको उपाधि जित्नेछ ।

तर, लिभरपुलका कप्तान जोर्डन हेण्डरसनले विना फ्यान उपाधि जितेमा निकै खल्लो हुने बताएका छन् ।

दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा २५ अंकले अगाडि रहेको लिभरपुल ३० वर्षपछि प्रिमियर लिग उपाधि जित्ने तयारीमा रहेको छ ।

फ्यानहरु पनि यस सिजनको प्रिमियर लिग उपाधि जितको खुसीयाली मनाउन आतुर छन् तर कोरोना महामारीका कारण भव्यताका साथ जित मनाउने अवस्था भने रहेको छैन ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय