scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

क्वारेन्टिनमा बसेका वृद्धको मृत्यु

बर्दिया, १४ जेठ । बर्दियाको गुलरिया नगरपालिकाको क्वारेन्टिनमा रहेका एक वृद्धको मृत्यु भएको छ । गुलरिया– ४ स्थित बबई क्याम्पसको क्वारेन्टिनमा बसेका वडा नं ९ गोडियनपुर का ५५ वर्षका जोधि गोडियाको बिहान मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।

ज्याला मजदूरीका लागि अछाम जानुभएका उहाँलाई तीन दिन पैदल हिँडेर मङ्गलबार घर फर्कने क्रममा क्वारेन्टिनमा राखिएको थियो । उनीसँगै फर्किएका १६ जनालाई क्वारेन्टिनमा राखिएको छ ।

उनकाे स्वाब परीक्षण रिपोर्टपछि मात्रै कोरोना भए नभएको थाहा हुने जनस्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय