scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

रसियामा कोरोनाले संक्रमणको उच्चतम विन्दू पार गर्‍योः राष्ट्रपति पुटिन

मस्को, १४ जेठ । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले रसियामा कोरोनाभाइरसको संक्रमण उच्चतम विन्दूमा पुगिसकेको मंगलबार घोषणा गरेका छन् ।

राष्ट्रपति पुटिनले विज्ञहरुको भनाईमा रसियामा कोरोनाभाइरस संक्रमणले उच्चतम विन्दू पार गरेको बताएको रसियाली रक्षामन्त्री सर्गेइ सोइगुले जानकारी दिएका छन् ।

रसियाली स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार रसियामा कोरोना संक्रमितको संख्या तीन लाख ६२ हजारभन्दा बढी छ भने तीन हजार ८०० भन्दा बढी व्यक्तिको ज्यान गएको छ ।

विश्वभर कोरोना संक्रमितको संख्या ५७ लाख नाघेको छ भने मृत्यु भएका व्यक्तिहरुको संख्या पनि तीन लाख ५० हजारभन्दा बढी भइसकेको छ । एएनआई

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय