scheduleसोमवार आषाढ़ २२ गते, २०७७

फेदीखोलाको रचनात्मक सोचः राहत होइन, रोजगारी

स्याङ्जा, १४ जेठ । कोरोना भाइरसका कारण दैनिक ज्यालादारी गरेर गुजारा चलाउँदै आएका मजदुर काम नपाएर समस्यामा परेपछि गाउँपालिकाले उनीहरुलाई काममा लगाएको छ । स्थानीय तहले आर्थिक अवस्था कमजोर भएका र ज्याला मजदुरी गरेर घरपरिवार चलाउँदै आएका घरपरिवालाई राहतको रुपमा खाद्यान्न वितरण गर्दै आए पनि फेदीखोला गाउँपालिकाले भने खाद्यान्नका लागि रोजगार कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले खाद्यान्नका लागि रोजगार कार्यक्रम सञ्चालन गरेको बताए । सुवेदीले भने, ‘हामी सबैलाई काम दिन चाहन्छौँ, तर बिनापरिश्रम राहतका नाममा खाद्यान्न वितरण गर्दैनौँ । सक्नेले काम गरेर खानुपर्छ लकडाउन कहिलेसम्म जाने हो थाहा छैन । राहतका नाममा वितरण गरेर सरकार र स्थानीय तह कसैले पनि धान्न सक्दैन । त्यसैले क्षमताअनुसारको काममा लगाउने र कामका आधारमा ज्याला दिने गरेका छौँ ।’

गाउँपालिकाले बन्दाबन्दीका कारण काम नपाएकालाई सडक निर्माण गर्ने घोडेटो बाटो बनाउनेदेखि गाउँपालिकाभित्र निर्माण गर्नुपर्ने विभिन्न निर्माणका काममा लगाउने गरेको छ ।

गाउँपालिकाले दक्ष कामदारलाई रु एक हजार र अदक्ष कामदारलाई रु ८०० का दरले दैनिकरूपमा ज्याला दिने र अहिले गाउँपालिकाको विभिन्न वडामा ३५० बढी मजदुरले काम गरिरहेको र यो सङ्ख्यामा अझै वृद्धि हुने गाउँपालिकाले जनाएको छ । रासस

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय