scheduleबुधवार आश्विन १३ गते, २०७८

कोरोना अपडेटः प्रदेश २ मा ४५ संक्रमित थपिए, झापामा १७ जनालाई संक्रमण

काठमाडौं, १४ जेठ । रौतहट जिल्लामा ३५ जना संक्रमित पुगेका छन् । योसँगै प्रदेश २ मा बुधबार मात्रै ४५ जना कोरोना संक्रमित थपिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणको क्रममा थप ४५ जना संक्रमित भेटिएका हुन् ।

टेकुमा ३८ र हेटौंडामा ७ जनाको स्वाब परीक्षण गरिएको थियो । रौतहटका ३५ संक्रमितसँगै बारामा ८ जना र सिराहामा २ जना संक्रमित भेटिएका हुन् ।

यसैबीच, झापामा थप १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोशी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण यस्तो भेटिएको हो । बुधबार दिउँसो १७ जनामा कोरोना संक्रमण पुष्टि भएको कोशी अस्पताल विराटनगरले जानकारी दिएको छ ।

यीमध्ये कचनकवल गाउँपालिकाका १५ जना र गौरदह नगरपालिकाका २ जना रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय