scheduleशुक्रवार आषाढ़ १९ गते, २०७७

रुकुम पश्चिम घटनाको राजनीतिकरण नगरः समाजवादी पार्टी

रुकुम, १४ जेठ । समाजवादी पार्टी रुकुमले रुकुम घटनालाई अनावश्यक राजनीतिकरण नगर्न माग गरेको छ । पार्टीका अध्यक्ष प्रशाराम खत्रीले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो गम्भीर घटना भएको सन्दर्भमा कोही कसैले अनुचित राजनीतिकरण र राजनीतिक संरक्षण नगरी मानवीयताको रक्षा गर्न, जातिय सद्भाव खलबल्याउने र सामाजिक सद्भाव बिथोलिने गरी कुनै गतिविधि नगरिदिनहुन सम्बन्धित सबैमा अनुरोध गरेका छन् ।

कोरोना महामारीको गम्भीर अवस्थामा जेष्ठ १० गते शनिबार साँझ रुकुम (पश्चिम)को चौरजहारी नगरपलिका वडा नं. ८ सोतीमा जाजरकोटको भेरी नगरपालिका वडा नं. ४ राणागाउँ निवासी नवराज विश्वकमार्, चौरजहारी नगरपालिका वडा नं. १ रुकुम (पश्चिम) निवासी टीकाराम सुनार सहित चार जना युवाहरुको सामूहिक हत्या भएको घटना उक्त पार्टीले घोर भर्त्सना गरेको छ । घटनामा केही बेपत्ता र घाईते हुने गरी भएको घटनालाई निर्मम, निकृष्ट र बर्बतापूर्ण अमानवीय घटनाका सम्बन्धमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको उक्त पार्टीले जनाएको छ ।

अध्यक्ष खत्रीले घटनाको निष्पक्ष एवं स्वतन्त्र छानविनका लागि उच्च स्तरीय संसदिय छानविन समिति गठन गर्न, अनुसन्धान र अभियोजनलाई प्रभावकारी बनाउन राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय दलित आयोग लगायत मानवअधिकार रक्षकहरु, नागरिक समाज, सञ्चारकर्मीहरु सबैलाई घटनाको स्थलगत अवलोकन गर्न र वास्तविकता पत्ता लगाउन सबै निकायहरुलाई अनुरोध गरेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय