scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

संविधान संशोधन कार्यसूचिबाट हटाइएपछि भारतीय मिडियाको यस्तो टिप्पणी

काठमाडौं, १४ जेठ । नेपालमा संसदको कार्यसूचिबाट संविधान संशोधनको एजेन्डा हटाएपछि भारतीय मिडियाले यसलाई ‘नयाँ नक्साको प्रस्ताव फिर्ता लिएको’ भन्दै चर्चा गर्न थालेको छ ।

आजतकले ‘नक्सा विवादमा पछि हट्यो नेपाल, नयाँ नक्साको प्रस्ताव फिर्ता लियो’ भन्दै समाचार बनाएको छ ।

भारतका पत्रकार सञ्जय ब्रग्ता संविधान संशोधन विधेयक कार्यसूचिबाट हटाउनेबारे प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वदलीय बैठकमा निर्णय भएको संकेत गरेका छन् । उनी लेख्छन्, ‘मंगलबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ नक्सासम्बन्धी मुद्दामाथि राष्ट्रिय सहमति बनाउनका लागि सर्वदलीय बैठक बोलाएका थिए । जहाँ छलफलबाट समस्या समाधान गर्नुपर्ने सुझाव आएको थियो । नेपालमा सत्तापक्ष र प्रतिपक्षको सहमतिमा संविधान संशोधन विधेयकलाई संसदको कार्यसूचिबाट हटाइएको छ ।’

र्‍यापिड लिक्स इण्डियाले भने संविधान संशोधनको एजेन्डालाई कार्यसूचिबाट हटाएर नेपाल एक कदम पछाडि हटेको टिप्पणी गरेको छ ।

नेपालमा संविधान संशोधनको कार्यसूचि हटाइए पनि यसबारे कारण सम्बन्धित निकायहरुले कारण खुलाएका छैनन् । सामाजिक सञ्जालमा भने सरकारसँग आशंका गर्दै आलोचना सुरु भएको छ ।

यद्यपि, नेपाली कांग्रेसले केन्द्रीय समितिमा छलफल गरेर निर्णय गर्ने भनेपछि सरकारले कांग्रेसलाई निर्णयका लागि केही समय दिन सभामुखसँग उक्त एजेन्डा तत्कालका लागि हटाउन माग गरेको थियो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय