scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

सीमामा स्वदेश फर्कनेको लस्कर

पर्सा, १४ जेठ । लकडाउनका कारण भारत मै रोकिएका नेपाली नागरिक बुधबार वीरगन्ज नाकाबाट प्रवेश गर्दा लामो लाइन देखियो ।

सिमावर्ती भारतीय सहर रक्सौलमा विगत एक महिनादेखि रोकिएका चारसय भन्दाबढी नेपाली वीरगन्ज नाकाबाट नेपाल प्रवेश गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

लकडाउनका कारण भारतमै रोकिएका नेपाली बुधबार वीरगन्ज नाकाबाट प्रवेश गरेपछि त्यहाँ सुरक्षाकर्मीले लगत सङ्कलन गरेका छन् ।

सुरुमा भारतमा कोरोना महामारी नफैलँदै उनीहरुलाई नेपाल ल्याउन सकेको भए नेपालीले अनावश्यक दुःख पनि नपाउने र नेपालमा यो स्तरमा कोरोना पनि नफैलने तर्क गर्न थालिएको छ । अहिले भारतमा डेढ लाख भन्दा बढीमा कोरोना फैलिइसकेको छ ।

तस्वीर: बिजयकुमार महतो/रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय