scheduleआइतवार आषाढ़ २८ गते, २०७७

आमाको उजुरीमा छोरी बलात्कारको आरोपमा बुबा पक्राउ

सिन्धुपाल्चोक, १४ जेठ । सिन्धुपाल्चोकमा छोरीको बलात्कार गरेको आरोपमा बुबालाई पक्राउ गरिएको छ । १८ वर्षका आफ्नै छोरीलाई बलात्कार गर्दै आएका आरोपमा मेलम्ची नगरपालिकामा एक जनालाई पक्राउ गरिएको हो ।

छोरीलाई बिगत देखि नै पटक पटक बलात्कार गर्दै आएको आरोपमा किशोरीका आमाले प्रहरीमा उजुरी दिएपछि आज तिनको बुबालाई प्रहरीले घरबाटै पक्राउ गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङले जानकारी दिए ।

प्रहरीले अनुसन्धान गर्दा पीडित किशोरीले समेत बाबुले ४ वर्ष अघिदेखि नै जबरजस्ती करणी गरेको स्विकारेकी थिइन् । पक्राउ परेका ती व्यक्तिको विषयमा थप अनुसन्धान भइरहेको र आरोप प्रमाणित भएमा उनलाई जबरजस्ति करणी मुद्दा चलाइने तामाङले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय