scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

४७ जिल्लामा फैलियो कोरोना, प्रदेश ५ मा सबैभन्दा बढी ३६५ जना संक्रमित

काठमाडौं, १४ जेठ । नेपालमा कोरोना संक्रमण ४७ जिल्लासम्म फैलिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा बढी प्रदेश नं. ५ मा ३६५ जनामा संक्रमण देखिएको छ । यीमध्ये २ जनाको मृत्यू भइसकेको छ भने ३८ जना डिस्चार्ज भइसकेका छन् ।

अहिले अस्पतालमा ३२५ जनाले उपचार गराइरहेका छन् । प्रदेश ५ मा ५३४ वटा आइसोलेसन बेड रहेको मन्त्रालयले जनाएको छ । यहाँ ९ जिल्लामा संक्रमण देखिएको छ ।

जिल्ला अनुसार सबैभन्दा धेरै वाग्मति प्रदेशका ११ जिल्लामा संक्रमण फैलिएको छ । तर संक्रमितको संख्या भने यो प्रदेशमा केवल ३९ जना रहेको छ । यसमध्ये ११ जना डिस्चार्ज भइसकेका छन् भने १ जनाको मृत्यू भएको छ । प्रदेश नं. ५ पछि सबैभन्दा बढी संक्रमित प्रदेश नं. २ मा रहेका छन् ।

त्यहाँ ३२४ जनामा संक्रमण देखिएको छ । यीमध्ये ९७ जना डिस्चार्ज भइसकेका छन् भने एक जनाको मृत्यू भएको छ । अहिले अस्पतालमा २२६ जना उपचार गराइरहेका छन् । प्रदेश नं. २ मा ८ जिल्लामा संक्रमण फैलिएको छ ।

नेपालमा बुधबार एकैदिन ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार झापा, रौतहट, बाँके लगायत जिल्लाका रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौँमा भएको परीक्षणमा ३८ जना सङ्क्रमित भेटिएका छन् । तीमध्ये सिरहा सिद्धिचरणका १ जना, सिरहाको रुपनी घर भई सप्तरीमा रहेका १ जना, बारा पर्चौता नगरपालिकाका ७ जना, रौतहट घर भई बाराको पर्चौतामा बस्ने एकजना, रौतहट गौरका ८ जना, रौतहटकै देवाहीगुनाही नगरपालिकाका २ जना र रौतहटकै कटहरिया नगरपालिकाका २ जना, रौतहटकै जनता मावीमा भएको परीक्षणमा १४ जना र मदरसामा भएको परीक्षणमा २ जनामा सङ्क्रमण देखिएको छ ।

यस्तै धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनमामा गरिएको परीक्षणमा ११ जना सङ्क्रमित भेटिएका छन् । यीमध्ये ८ जना सप्तरीको बोदेबसाईन नगरपालिकाका छन् । सप्तरीकै बालनविहुलका २ जना र सप्तरीकै सुरुङाका एक पुरुष छन् । यस्तै कोसी अस्पतलामा गरिएको परीक्षणमा १७ जना सङ्क्रमित भेटिएका छन् ।

यीमध्ये झापाको गौरादहका २ जना, झापाकै कचनकवलका १५ जना रहेका छन् । यस्तै हेटौडाको किटजन्य प्रयोगशाला केन्द्रमा भएको परीक्षणमा ८ जना सङ्क्रमित भेटिएका छन् ।

यीमध्ये हेटौडा उपमहानगरपालिकाका १ जना, रौतहतको गढिमाइ नगरपालिकाका ७ जना रहेका छन् । पोखराको प्रादेशिक प्रयोगशालामा भएको परीक्षणमा वाग्लुङको तमानखोलाका ४ जना र वडिगाडका २ जनामा सङ्क्रमण देखिएको छ । यस्तै दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा १८ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

उनीहरुमध्य रुकुमपूर्व पुथा उत्तरगंगा गाउँपालिकाका ३ जना, दाङको घोराहीका ७ जना र दाङकै लमहीका ८ जना रहेका छन् । यस्तै भेरी अस्पतालमा गरिएको परिक्षमा थप १६ जना भेटिएका छन् ।

यीमध्ये बाँके डडुवाका २, राप्ती सोनारीका ७ जना, बाँकेकै बैजनाथका ६ जना र खजुरा गाउँपालिका १ जना रहेका छन् ।

हेर्नुहोस् अन्य प्रदेशको अवस्था-

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय