scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

तोकिएकै समयमा काठमाडौं-तराई मधेस द्रुतमार्गको निर्माण सक्छौंः नेपाली सेना

काठमाडौं, १४ जेठ । नेपाली सेनाले काठमाडौं–तराई, मधेस द्रुतमार्ग तोकिएको समयमा नै सम्पन्न हुने दावी गरेको छ ।

बुधबार सैनिक मुख्यालय भद्रकालीमा पत्रकार सम्मेलन गर्दै कोरोनाको माहामारीले काठमाडौं–तराई मधेस द्रुतमार्ग निर्माणमा ढिलाई नहुने भन्दै तोकिएको समयमा नै आयोजना सम्पन्न गर्ने दावी गरेको हो ।

पत्रकार सम्मेलनमा नेपाली सेनाका प्रवक्ता बिज्ञानदेव पाण्डेले नेपाल सरकारले निर्देश भएअनुसार द्रतमार्ग बिशेष महत्वको रहेको भन्दै यसको निर्माण कार्य तीव्ररुपमा अघि बढेको र लक्षित समयभित्र पारदर्शी र गुणस्तरिय हिसाबले पुरा हुने बताए ।

हालै सम्पन्न गरिएको अन्तराष्ट्रिय परामर्शदाता छनौट कार्यपनि अधिक प्रतिष्पर्धाका साथ स्वच्छता, पारदर्शीताका साथ विद्यमान ऐन कानूनको परिधिभित्र बसेर गरिएको उनले बताए । आगामी आर्थिक बर्षबाट सुरुङमाग निर्माण हुने जानकारी पनि उनले दिए ।

त्यस्तै सेनाले आगामी जुन र जुलाईमा कोरोना भाइरसको संक्रमित बढ्ने अनुमान गर्दै आधारमा रोकथाम, नियन्त्रण र उपचारका गतिविधि अघि बढाएको जनाएको छ । प्रवक्ता पाण्डेले जुन र जुलाईमा संक्रमितको संख्या बढ्ने अनुमान गरिएसँगै त्यसका लागि तयारी पनि अघि बढाएको जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय