scheduleआइतवार आश्विन ११ गते, २०७७

भीमबहादुरले कोरोनालाई नौ दिनमै जिते

काठमाडाैं, १४ जेठ । काठमाडौंमा बहिनीज्वाइँको उपचारका क्रममा कोरोना संक्रमण भएका तुलसीपुर उपमहानगरपालिका वडा नं – ४ का भीमबहादुर वली कोरोनालाई जितेर घर फर्किएका छन् ।

काठमाडाैंबाट तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्सबाट  घर फर्किएका वलीलाई रक्षाचौरस्थित क्वारेन्टिनमा नगर प्रमुख घनश्याम पाण्डेले फूलमालाले स्वागत गरे ।

‘‘कोरोना जित्नुभएकामा तपाईँलाई धेरै धेरै बधाई ’’, नगर प्रमुख पाण्डेले भने । उनले कोरोनालाई उच्च मनोबल बनाए सजिलै जित्न सकिन्छ भन्ने सन्देश सबैलाई दिन पनि उनलाई आग्रह गरे ।

नगर प्रमुख पाण्डेले वलीलाई पोषण आहारका लागि अण्डा, स्वास्थ्य सामग्रीसमेत प्रदान गरेका थिए । लामो समय बहिनीज्वाइँको उपचारका लागि काठमाडौँस्थित शिक्षण अस्पताल महाराजगञ्जमा बस्नुभएका ४६ वर्षीय वलीलाई त्यही बेला कोरोना संक्रमण देखिएको हो ।

स्वाब लिएको दुई दिनमै केही काम छ भन्दै पाटन अस्पताल पुु¥याइएपछि स्वास्थ्यकर्मीले एकाएक कोरोना संक्रमण भएको जानकारी दिँदा निकै डर लागेको उहाँले आफ्नो अनुभव बताए ।

यही जेठ ३ गते कोरोना संक्रमित भएको खबर पाउनुभएका वलीले जेठ १२ गतेसम्म तीन पटक जाँच गर्दा रिपोर्ट नेगेटिभ भन्ने खबर पाइएको बताए । ‘‘हल्ला धेरै भए पनि निको हुने रोग रहेछ, नौ दिनमै म ठीक भएँ’’, उनले भने ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय