scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

कोरोना महामारीविरुद्ध बजेटः ६ अर्ब रुपैयाँ विनियोजन

काठमाडौं, १५ जेठ । वैश्विक महामारी बनेको कोरोना नियन्त्रण तथा औषधिका लागि सरकारले ६ अर्ब रुपैयाँ बजेट छुट्याएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार कोरोना महामारी र अन्य रोगबाट उत्पन्न हुने समस्याको निराकरणका लागि स्वास्थ्य क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गरिएको हो । उनले गुणस्तरीय स्वास्थ्य सेवा सहितको क्वारेन्टाइनको व्यवस्था मिलाउन, औषधि, उपकरणको लागि ६ अर्व बजेट विनियोजन गरिएको जानकारी दिए ।

बजेटमा आगामी बर्षभित्र सबै स्थानीय तहमा स्थापना हुने ५ देखि १५ बेडको अस्पताल निर्माणको लागि सरकारले १४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

गतवर्षदेखि नै निर्माण सुरु भएको स्थानीय तहलाई आवश्यक बजेट विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्ष २०७७/७८ को राजश्‍व र आयको विवरण (बजेट भाषण) संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज अपराह्न ४ बजेदेखि मन्त्री खतिवडाले प्रस्तुत गरिरहेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय