scheduleमगलवार आषाढ़ २३ गते, २०७७

कोरोना प्रभावितलाई सघाउँदै अक्षयले १५ सयको खातामा ट्रान्सफर गरिदिए रकम


एजेन्सी, १५ जेठ । बलिउडका अभिनेता अक्षय कुमारले सिनेमा तथा टिभी आर्टिस्ट असोसिएशनमा ४५ लाख रुपैयाँको आर्थिक मद्दत गरेका छन् । अक्षय कुमारले असोसिएशनलाई उक्त आर्थिक मद्दत जुनियर कलाकारहरुलाई सहयोग गर्नका लागि दिएका हुन् । यससँगै उनले पीपीई किट्स र मास्क पनि बाढेका छन् ।

असेसिएनका महासचिव तथा अभिनेता अमित बहलले उक्त सहयोग रकमबारे मिडियालाई जानकारी गराएका हुन् । सिने क्षेत्रका संघर्षरत कलाकारहरुले जुझिरहेको समस्याबारे असोसिएशनका सदस्य अयूब खानले अभिनेता जावेद जाफरीसँग बताएका छन् ।

त्यसपछि जावेफा जाफरीले उक्त समस्या फिल्म निर्माता साजिद नाडियाडवालालाई बताए । पछि साजिदबाट त्यो खबर अक्षय कुमारसम्म पुग्यो । पछि अक्षयले सहयोगका लागि मानिसहरुको सूची मागे ।

असोसिएशनले पछि अक्षयलाई १५०० जनाको नामसूची पठायो । उनले १५०० जनाको लागि ४५ लख रकम दिए र सबैको बैंक खातामा तीन तीन हजार रुपैयाँ रकम ट्रान्सफर भएको थियो ।

साजिद र अक्षय कुमारले त्यस किसिमका समस्या अरु देखा परे पुनः सहयोगका लागि अघि सर्ने प्रतिबद्धता जनाएका छन् । अक्षय कुमारले कोरोना भाइरस संक्रमणको समयमा मानिसहरुको सहयोग गर्दै आईरहेका छन् । केही दिन अघि पनि उनले प्रधानमन्त्री नरेन्द्र मोदीको केयर्स फण्डमा २५ करोड रुपैयाँ जम्मा गरिदिएका थिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय