scheduleसोमवार आषाढ़ २९ गते, २०७७

ट्विटरको ‘सेन्सर’मा राष्ट्रपति ट्रम्पको ट्वीट, दिए यस्तो प्रतिक्रिया

एजेन्सी, १५ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटलाई ट्वीटरले पहिलोपटक फ्याक्ट चेकिङको साइन नोटिफिकेसन दिएको छ ।

उक्त ट्वीटमा राष्ट्रपति ट्रम्पले लेखेका छन्, ‘पोस्टल मतदानमा धाँधली हुने पुरै सम्भावना छ । मेल बक्सहरु चोरी हुनसक्छ, यसबाट फर्जी मतदान हुनसक्छ र यसलाई अवैध तरिकाले प्रिन्ट गरेर पठाइन सक्छ ।’

ट्वीटरले ट्रम्पको दुईओटा ट्वीटरमा फ्याक्ट चेकिङको नोटिफिकेसन लगाइदिएको छ ।

ट्वीटरको त्यस्तो कदमपछि ट्रम्पले कडा प्रतिक्रिया दिएका छन् । उनले ट्वीटरलाई ट्वीटमार्फत् नै जवाफ दिएका छन् । ट्वीटरले अभिव्यक्ति स्वतन्त्रतालाई दबाएको उनले बताएका छन् । ट्वीटरको नोटिफिकेसनमा उनले लेखेका छन्, ‘पोस्टल मतदानसँग सम्बन्धित तथ्यको बारेमा थाहा पाउनुहोस् ।’

ट्रम्प त्यतिमा शान्त भएनन् उनले सामाजिक सञ्जाल ट्वीटरमाथि राष्ट्रपति चुनावमा हस्तक्षेप गरेको आरोप पनि लगाएका छन् ।

राष्ट्रपति ट्रम्पको ट्वीट मुनि जुन नोटिफिकेसन दिइएको छ त्यसमा क्लिक गरेपछि युजर्सहरु यस्तो पेजमा पुग्छन् जहाँ पोस्टल ब्यालेटसँग सम्बन्धित तथ्य देख्न सकिन्छ जुन राष्ट्रपतिको बयानभन्दा फरक छ ।

राष्ट्रपति ट्रम्पको ट्वीटलाई झूठो प्रमाणित गर्न सीएनएन, वासिङटन पोस्ट तथा अन्य न्यूज आउटलेटका रिपोर्टहरुको सहारा लिइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय