scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

के हो प्रोस्टेट क्यान्सर ? किन फैलिन्छ यति छिटो ?


एजेन्सी, १५ जेठ । पुरुषहरुको शरीरमा एउटा महत्वपूर्ण ग्रन्थी हुन्छ जसलाई प्रोस्टेट भनिन्छ । ओखर आकारको यो ग्रन्थीले वीर्य बनाउँछ र शुक्राणुको लागि पोषण जुटाउँछ । जब प्रोस्टेट ग्रन्थीमा क्यान्सर हुन्छ तब यसको विकासमा सुस्तता आउँछ । तर जब यो गम्भीररुपले बढ्न थाल्छ तब नजिकको अंगसम्म यो फैलिएर प्राणघातक बन्नसक्छ ।

यो किन तीव्र गतिमा फैलिन्छ भनेर बुझ्न केही दिन अघि एउटा शोध सम्पन्न भयो । उक्त शोधमा शोधकर्ताहरुले महत्वपूर्ण जानकारीहरु हात पारेका छन् । उक्त शोधका लागि १७८५ ओटा ट्यूमर स्याम्पलको जाँच गरिएको थियो ।

बेलायतका शोधकर्ताहरुले केही प्रोस्टेट क्यान्सरहरु शरीरको विभिन्न भागमा तिब्र गतिमा कसरी फैलिन्छ र अन्त्यमा मानिसको मृत्युको कारण बन्नसक्छ भनेर अध्ययन गरेका थिए । उक्त शोधमा प्रोस्टेट क्यानसरका तीन प्रकारका बारेमा पनि थाहा पाइएको थियो ।

शोघको टोलीका एक प्राध्यापक कोलिन कूपरका अनुसार १७८५ ट्यूमर स्याम्पलको जाँच गरिएको थियो र उक्त विमारीलाई डीईएसएनटी उपकोशिकाहरुको बढ्दो संख्यासँग जोडिएको थियो । यसबाट थाहा पाउन सकिन्छ कि यदि तपाईलाई ट्युमर छ भने यसको अर्थ तपाईभित्र डीईएसएनटी उपकोशिकाहरु धेरै छ र तपाईलाई मेटास्टेटिक विमारी हुने आशंका धेरै छ ।

यतिमात्र होइन यो रोग शरीरको अन्य भागमा पनि फैलिने उत्तिकै सम्भावना हुन्छ । सामान्य रुपमा प्रोस्टेट क्यानसर विस्तारै फैलिन्छ र एउटा व्याक्तिलाई आफ्नो जिवनकालमा उपचारको आवश्यकता पनि पर्दैन ।

प्रोस्टेट क्यान्सर हुनुको पछाडीको विशेष कारण थाहा नहुने हुँदा यसको बचाउको उपायहरुका बारेमा चिकित्सा विज्ञानमा पनि खास कुनै उपाय छैन । विशेषज्ञहरुका अनुसार व्याक्तिले स्वास्थ जीवनशैली अप्नाएर यसको सम्भावनालाई कम गर्न सक्छन् । खापानदेखि ब्यायमसम्म सबै कुरामा तपाईलले ध्यान दिनुपर्दछ ।

प्रोस्टेट क्यानसर सुरुवाती चरणमा नै पहिचान गरियो भने अपरेसनको आवश्यकता पर्दैन । सुरुवाती स्टेजमा यसको उपचार किमोथेरापी र रेडियोथेरापीबाट गर्न सकिन्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय