scheduleसोमवार आषाढ़ २९ गते, २०७७

टिकटकलाई टक्कर दिन फेसबुकले सार्वजनिक गर्‍यो कोल्याब एप


एजेन्सी, १५ जेठ । फेसबुकले पछिल्लो समय नयाँ प्रोडक्टहरुमा आफ्नो ध्यान केन्द्रित गरेको छ । यसबीच फेसबुकले शर्ट भिडियो एप टिकटकलाई टक्कर दिन आफ्नो नयाँ एप कोल्याब सार्वजनिक गरेको छ । तर यो एप हालका लागि आईओएस युजर्सहरुका लागि अमेरिका र क्यानडामा मात्र उपलब्ध छ ।

कोल्याबको माध्यमबाट तपाईले शर्ट भिडियोहरु बनाउन सक्नुहुन्छ । यसमा तपाईले इच्छा अनुसारको म्युजिक पनि राख्न सक्नुहुन्छ । तपाईले कुनै पनि गीतको तीन भागमा भिडियो बनाउन सक्नुहुन्छ । अन्य दुई भागका लागि आफ्ना साथीहरुलाई पनि इन्भाइट गर्न सक्नुहुन्छ ।

कोल्याबका धेरै जसो फिचरहरु टिकटकको जस्तै नै छ । तपाईले बनाएको भिडियोलाई प्रयोग गरेर अन्य युजर्सले पनि भिडियो बनाउन सक्छन् । एउटै भिडियोलाई तीन भागमा बाढेर उदाहरणका लागि तपाईले गाउन सक्नुहुन्छ, तपाईको साथीले गिटार बजाउन सक्छ र अर्को साथीले संगीत दिनसक्छ ।

कोल्याबमा बनाएको भिडियो प्रयोगकर्ताहरुले सामाजिक सञ्जालमा पनि शेयर गर्न सक्छन् । तर यो एपबाट भिडियो तपाईले मोबाइल फोनमा सेभ गर्नसक्नुहुन्न ।

यसअघि पनि गत वर्ष फेसबुकले शर्ट भिडियो एप लास्सो सार्वजनिक गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय